उम्मेदवार छनौटका लागी नेपाली कांग्रेसको १७ सदस्यीय संसदीय समिति गठन

२५ असोज,नेपालगञ्ज/  नेपाली कांग्रेसले निर्वाचनमा उम्मेदवार छनौटका लागी पार्टीको १७ सदस्यीय संसदीय समिति गठन गरेका गरिएको छ। नेपाली कांग्रेसको विधानले संसदीय समितिलाई प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारको टुंगो लगाउने अधिकार दिएको छ। 

समितिमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, खुमबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड र डा प्रकाशशरण महत रहेका प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्।