गैर–कानुनी सम्पती आर्जन गर्ने देबी प्रशाद र निजकी श्रीमती अख्तियारको पञ्जामा

२६ असोज,नेपालगञ्ज/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषदका ततकालिन सह–सचिव देबी प्रशाद बाराकोटी र निजकी श्रीमती प्रमिला उप्रेतीलाई ३ करोड २० लाख ७४ हजार १सय ४९ रुपैया ३२ पैसा बराबरको भ्रष्टाचार गरेको माग दाबी सहित बिशेष अदालतमा बुधबार मुद्धा दायर गरेको छ ।  
सह–सचिव बाराकोटीले प्रश्नपत्र छपाई तथा छात्रबृद्धि बितरण गर्दा रिसवत लिएर अकुत सम्पती आर्जन गरेको उजुरीको आधारमा छानवीन गर्दा निज ब्यक्तीले कमाएको भनिएको सम्पती मध्य २ करोड २ लाख ९० हजार ६ सय २ रुपैया ४८ पैसा गैर–कानुनी आम्दानी गरेको ठहरेको छ ।

गैर–कानुनी आम्दानीबाट थप आम्दानी गरेको सम्पती पनि भष्टाचार निवारण ऐन २०५९ बमोजिम गैर–कानुनी हुने भएकोले थप गरेको रकम १ करोड १७ लाख ८३ हजार ५सय ४६ रुपैया ८४ पैसा पनि अकुत आम्दानी गरेको अख्तियारको बिज्ञप्तमिा उल्लेख गरिउको छ ।

ततकालिन सह–सचिव देबी प्रशाद बाराकोटीले कुल ३ करोड २० लाख ७४ हजार १सय ४९ रुपैया ३२ पैसा बराबरको भ्रष्टाचार गरेकाले भष्टाचार निवार ऐन २०५९को बिभिन्न महल बमोजिम काराबास, जरिवाना र कमाएको अकुत सम्पती जफत गर्न आवश्यक प्रमाण सहित माग दाबी गरि बिशेष अदालत काठमाण्डौमा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले बुधबार प्रेस बिज्ञप्ती प्रकाशित गरि जनाएको छ ।

आयोगको बिज्ञप्ती अनुसार बाराकोटीले कमाएको सम्पती अन्य बिभिन्न ब्यक्तीको नाममा समेत राखेको पायएकोले छानबीन गरि अन्य ब्यक्तीका नाममा रहेको सम्पती समेत जफत गर्न ती सम्पती लिएर राख्ने ब्यक्तीहरुलाई समेत भ्रष्टाचार मुद्धामा बिपक्षी बनाइ आवश्यक कार्बाहीका लागी मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।