राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिम भ्रमणमा

फोटो फाइल : राष्ट्रपती बिद्यादेबी भण्डारी .

२६असोज,डोटी/ राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने सुदूरपश्चिम भ्रमणमा आउनु भएको छ । राष्ट्रपति भण्डारी बुधबार दिपायल आइपुग्नु भएको हो ।
बिहीबार राष्ट्रपति भण्डारी सुदूरपचिमको पर्यटकीय स्थल खप्तडमा गई पूजाआजा गर्ने तथा त्यहाँबाट फर्केर डोटीको शैलेस्वरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायल राजपुरले जनाएको छ ।
राष्ट्रपति भण्डारी सुदूरपश्चिमका नौवटै जिल्लामा पुगेर काठमाडौं फर्किने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी आएकाले दिपायलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।