नेपालगञ्ज लगायत नेपालका मुख्य ९ वटा भन्सार कार्यालयमा अनलाइन मार्फत सेवा सञ्चालनमा

२७ असोज, नेपालगञ्ज / खाए पनि,नखाए पनि बाघको मुख रातै भन्ने नेपाली उखान झै, घुस खाएपनि,नखाएपनि भन्सारका कर्मचारीले घुस खान्छन भन्ने जनमानसको सोचाईमा परिवर्तन र सेवा ग्राहिलाई  थप सजिलो, पारदर्शि बनाउन नेपालगन्ज भन्सार लगायत देशभरका ठुला ९ वटा  भन्सार कार्यालयमा बिधुतिय माध्यमबाट भन्सार महसुल बुझाउने प्रबिधिको प्रयोग गर्न सुरु गरिएको छ ।
भन्सार भएर कुनै सामान आयात–निर्यात गर्न भन्सारमा घण्टौं सम्म लाइनमा बसेर भन्सार महसुल भर्ने झनझटिलो कामबाट उपभोक्ताहरुले सर्व सुलभ तरिकाले भन्सार महसुल बुझाउन सकुन भनेर प्रबिधिको बिकास सगै सेवाग्राहीका लागी भन्सार कार्यालयमा बिधुतिय प्रबिधिको प्रयोगमा ल्याइएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभएको छ ।

कुनै पनि भन्सार नाका भएर सामाग्री आयात तथा निर्यात गर्दा भन्सारमा लाग्ने कर, प्रज्ञापन फारम, राजश्व अब ब्यक्तिले अनलाइन कार्फत जहां बसेर पनि  भर्न सकिन्छ । नेपालगञ्ज भन्सार कार्यालयले यो प्रबिधिको प्रयोग गत  भाद्र २५ गते देखि परिक्षणमा ल्याएकोमा नेपाल कस्टम अटोमेसन सिस्टम  सफ्वेयरले नेपालका ९ वटा भन्सारलाई अनलाई प्रविधिमा संगै सेवा प्रवाह गर्नमा सहयोग गर्न सुरु गरिसकेको छ ।

त्यसरी  आनलाइन मार्फत सेवा सञ्चालन भएका भन्सार कार्यालयहरुमा सुदुरपश्चिमको कैलाली,मध्यपश्चिमको नेपालगञ्ज, पश्चिमाञ्चलको भैरहवा, मध्यमाञ्चलको बिरगञ्ज र सुख्खा बन्दरगाह-बिरगञ्ज,पूर्वाञ्चलको बिराटनगर,मेचि भन्सार कार्यालय र काठमाण्डौंमा  त्रिभुवन अन्र्तराष्ट्रिय भन्सार कार्यालयहरु रहेका छन ।

‘अनलाईन प्रविधिका कारण भन्सार प्रज्ञापन भर्ने, जाँच पास गर्ने ब्यक्तिको निर्धारण सम्बन्धी ब्यवस्थालाई समेत निरुत्साहित गरि ‘सेवाग्राहीको सुविधालाई ध्यानमा राखी भन्सारमा फर्म भर्ने, लाइनमा लाग्ने, तोकिएको राजश्व बैंकमा दाखिला गर्ने विधिलाई छोटो गर्दै घरमै बसी बसी सबै सेवा लिन सक्ने विधि कार्यान्वयन गरिएको  नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले बताउनु भयो ।

भन्सारमा ुमान आयात तथा निर्यातमा आयात र  निकासी गर्न खोजेको सामाग्रीको राजश्व तिर्नमा सिस्टमले गर्दा ढिलाई हुने गरेको गुनासोलाई समाधान गर्ने उद्देश्यले यो ब्यवस्था लागु गरिएको  भन्सार प्रमुख आचार्यले जानकारी दिनु भयो ।

नेपालगञ्ज भन्सार कार्यालयमा बिधुतिय प्रबिधि आनलाइन सेवाको सुरुवात गरेपछी सेवा ग्राहीले घरमा बसी(बसी सेवाहरु लिन सक्ने ब्यवसायीका लागि यो निकै सरल भएकाले आर्थिक वर्ष २०७३।०७४ मा राजश्व  संकलन मा सरलता ल्याएको बताउनु भयो ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले आधुनिक प्रविधि भित्रिएपछि भन्सार कार्यालयमा हुने गरेको ढिला(सुस्तीको गुनासो हटेको,बैंक संग सिधा सम्पर्क भएको सर्भरले गर्दा राजश्व दाखिला हुने वित्तिकै कार्यालय सहित देशका ९ वटै भन्सार र मातहतका निकायमा हेर्न मिल्छ,जस्ले गर्दा पारदर्शिता रहने भएकाले प्रबिधिले सबैलाई सहयोग पु–याएको र यसको प्रयोगमा बिस्तार भइरहेको पनि जानकारी दिनु भयो ।

नेपालगञ्ज भन्सारमा सामाग्री रोकिएकै कारण ब्यवसायीलाई बढि घाटा दरको सामाना गर्नु पर्ने अवस्थालाई अनलाईन विधिले समाधान गरेको पाइएको छ ।  नेपालगञ्ज भन्सार कार्यालयमा उपभोक्ताको भिड पहिला भन्दम न्युन देखिएपछि अनलाईन माध्यमबाटै सेवाग्राहीले सेवा लिन थालेको अनुमान गरिएको गरिएको छ ।

‘आफुले आयात–निर्यात गनर्् गरेको सामाग्रीको प्रज्ञापन पत्र भर्ने वित्तिकै सफ्टवेयरले तिर्नु पर्ने राजश्वको हिसाब गर्छ ।‘त्यसै अनुसार रकम बैंकमा तिरेर ब्यवसायीले भौचर दाखिला गर्दै आएका छन।’ ‘राजश्व दाखिला भएको विषय अनलाईन प्रविधिमा पनि देखिने भएकोले त्यसमा कुनै आशंका र तालमेलको विषय नरहने’, जसले गर्दा सबैको लागि फाइदा भइरहेको  भन्सार प्रमुख आचार्यले बताउनु भयो ।

नेपालको भन्सार कार्यालयको ब्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका आचार्यले, यसअघि संचालनमा आउने भनिएको तौल पुल पनि केहि प्राविधिक कारणले अड्किएको भएपनि त्यसलोगमा लाइएने तयारी भइरहेको बताउनु भयो ।ई सुधार गरेर प्रया ।

तौल पुल भएको ठाउंको  माटो नरम स्थिति भएकोले तौल क्षेत्रको हाता आरसीसी नगर्दा सम्म ट्रक र टिप्पर पसाउन सकिने देखिएन । जोखिमयुक्त अवस्था भएकोले त्यसमा छिट्टै सुधार गरेर संचालनमा ल्याउने तयारी रहेको छ ।

नयांप्रबिधिको सेवाका कारण काममा सहजता बढेपछि राजश्व लक्ष्यमासकारातमक  प्रभाव परेको र गत वर्ष सरकारले बढाएर निर्धारण गरेको लक्ष्य नजिकै पुग्ने तर्खरमा  नेपालगञ्जभन्सार कार्यालयरहेको छ ।
‘सरकारले नेपालगञ्जभन्सार कार्यालयलाई यस आर्थिक वर्षको तीन महिना भित्र १ अर्ब ८५ करोडको लक्ष्य दिएको बुधवार दिउँसो ४ बजे सम्म १अर्ब ७४ करोड रुपैया राजश्व संकलन भइसकेको भन्सार प्रमुख आर्चाले बताउनु भएको छ ।

सम्पूर्ण घराइसी समानको एउटै केन्द्र : राई मार्ट, धम्बोजी, नेपालगञ्ज