काठमाडौंबाट नेपालगञ्ज आउदै गरेको यात्रु बहाक बस नवलपरासीमा दुर्घटना २८ यात्रु घाइते

फोटो अन्य सडक दुर्घटनाको फाइल फोटो हो ।

२८ असोज, नेपालगञ्ज / काठमाडौँबाट-नेपालगञ्ज तर्फ आईरहेको ना५ख ३९६४ नम्वरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी-   त्रिवेणी गाउँपालिकामा (बर्दघाट सुस्ता पूर्व) शनिबार बिहान दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएका छन् ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक अनियन्त्रित भएर सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार घाइते यात्रुहरु सबैको अवस्था केहीको गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी शनिबार बिहान नै मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक पैदलयात्री  किशोरको मृत्यु भएको छ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ४९६ नम्बरको बसको ठक्करबाट पथरीशनिश्चरे–१ बस्ने १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो।  बसको ठक्करबाट गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने बस र  चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए।