३१ असोज,नेपालगञ्ज/ आजबाट तिहार सुरु भएको छ । यमपञ्चकको पहिलो दिन मंगलबार काग तिहार मनाइँदैछ। सनातन हिन्दु समाजमा कागलाई यमराजको दूतका रूपमा लिइन्छ। कागले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर कृषि कर्ममा सहयोग पुर्याउँछ भने फोहोर वस्तु खाएर वातावरण स्वच्छ राख्न मद्दत गर्छ।
यसले प्राकृतिक विपत्तिकाे पूर्वसूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ। बहुगुणी पक्षी भएका कारण हरेक वर्ष कार्तिक कृष्ण त्रयाेदशीका दिन कागपूजा गर्ने चलन छ। देशका सबै ठाउंमा मंगलबार बिहान यसरी कागपूजा गरिएको छ । भोली कुकुर तिहार रहेको छ ।
हाम्रो संरचना । ३१ आश्विन २०७४, मंगलवार १०:१५