प्रधानमन्त्री शेर बहादुर देउबाको धम्कीपछी माओवादी केन्द्रमा छलफल

३१ असोज,नेपालगञ्ज/ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओबादीले पार्टी एकता सम्मकै वाम गठवन्धन गरेको झोकमा कांग्रेसका प्रधानमन्त्री शेर बहादुर देउबाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बिना बिभागिय बनाउने धम्की दिएका छन्। 

प्रधानमन्त्री देउवाले सोमबार माओवादी मन्त्रीहरुलाई सरकार नछाड्ने भए जिम्मेवारी विहीन बनाइदिने मौखिक जानकारी दिनुभएको थियो ।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पंफा भुसालले नेपाली कांग्रेसले सरकार छोडिदिन प्रस्ताव गरेको बताइन्। तर सरकार छाडिहाल्ने विषयमा आधिकारिक निर्णय नभएको उनले बताइन्। यस विषयमा दुई पार्टीबीच छलफल भइरहेको छ, अहिले नै बाहिरिने भन्ने सूचना सत्य होइन ।
देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका छन्।

माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो । तर, प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो ।