प्रधानमन्त्री देउबाद्धारा मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर,कस्लाई कुन जिम्मेवारी हेर्नुहोस…..

३१ असोज,नेपालगञ्ज/ प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका ९ मन्त्रीलाई  बिना विभागीय बनाइदिनु भएको छ ।  देउवाले माओवादी केन्द्रले सम्हाल्दै आएको मन्त्रालयबाट जिम्मेवारीमुक्त गरिदिनु भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकरी दिनु भएको छ । 

माओवादी केन्द्रका मन्त्रीहरू मंगलबार सरकारबाट हट्ने बताइएपनि माओवादीले चुनाव सार्ने प्रपञ्च रचिएको भन्दै मन्त्री नछाड्ने निर्णय लिएको थियो।

सरकारमा माओवादी मन्त्रीहरूले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। माओवादीले उप-प्रधानसहित परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास जस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेको थियो।

देउवाले तीन दिन अघि उप-प्रधानमन्त्रीको रूपमा भित्र्याएका राप्रपा अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन्। माओवादीका जनार्दन शर्माले सम्हाल्दै आएको गृहमन्त्रालय देउवा आफैँले राखेका छन्। खाली भएका अरु मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँट र राप्रपाबाट मन्त्री नियुक्त भएकाहरूलाई  जिम्मेवारी दिनु भएको छ ।

नेपालको इतिहासमा यती धेरै त्यसमा पनि चुनाबी सरकारको समयमा मन्त्री थपेर ६४ सदस्य बनाउने नेपाली कांग्रेसका सभापती शेर बहादुर देउबाको कदमको सर्बत्र बिरोध भएपनि प्रधानमनत्रीले कुनै वास्त गर्नुभएको छैन ।