५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा मातहत कार्यक्षेत्रको निरीक्षण क्रममा बुधबार नेपालगञ्जमा

१ कार्तिक,नेपालगञ्ज/ ५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले  आफनो कार्य क्षेत्रका जिल्लाहरुमा पहिलो पटक कार्य प्रगतीको जानकारी लिन अन्तर कार्यालय निरीक्षण गर्ने क्रममा बुधबार बिहान जिल्ला प्रहरी कार्यालय बांकेको निरीक्षण भ्रमण गर्नुभएको छ ।   

बांके जिल्ला तराईका अन्य जिल्ला भन्दा धार्मिक,सास्कृतिक र ब्यापारीक दृष्टिले बढी सम्बेदनशिल जिल्ला रहेको छ। बांके जिल्लामा शान्ती सुरक्षा,प्रहरी नै पिटी क्याच,देखी संस्थागत भ्रष्टचारमा, तस्करसंग असुली जस्ता कार्यको जिल्ला भन्दा माथील्लो निकायबाट दवाबमा गर्ने गरीएको जनगुनासालाई बिशेष ध्यान दिन स्थानिय बासिले बिभिन्न माध्यम मार्फत आवाज उठाउदै आएका छन ।
सामाजिक सदभाव र शान्ती सरक्षा प्रमुख चुनौती रहेको अवस्थामा लामा बांकेमा निरीक्षण गर्नुभएको हो । यस अघि बांके जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी निभाइसक्नु भएका लामाले जिल्लामा शान्ती सुरक्षाका साथ–साथै समाजिक तडकभडक र चुल्ठे,मुन्द्रे,ड्रग्स नियन्त्रणमा बिशेष चासो यस अघि देखाउनु भएको थियो । एआइजी मिङमार लामाले मंगलबार जिल्लाा प्रहरी कार्यालय बर्दियाको र मातहतमा निरीक्षण भ्रमण गर्नुभएको थियो । त्यसैगरी बर्दियाको पिछडीको राजापुर टप्पुको नामले परिचित ईलाका प्रहरी कार्यालय राजापुरमा समेत निरीक्षण भ्रमण गर्नुभएको छ ।

यस अघी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी भएर काम  गरिसक्नु भएका लामा५ नंबर प्रदेशको प्रहरी प्रमुख भएर आउनुभएको छ  । एआईजी मिङमार लामाले  तथाकथित गुण्डा,डनहरुलाई नियन्त्रण गर्ने, नेपाल प्रहरीलाई नागरिक मैत्री बनाउने, सबै किसिमका तस्करी, ओसारपसार तथा मानव बेचबिखन गर्ने, बैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेलाई कारबाही जस्ता कार्यलाई सशक्तरुपमा कार्यन्वयनमा लैजाने कार्यनिती बनाइएको  बताउनु भएको  थियो । 

भ्रष्टचार मुक्त प्रदेश बनाउने, प्रहरी आचरण भन्दा बाहिर जाने जुन सुकै  तहको प्रहरी अधिकारी भएपनी कारबाही गर्ने, बिगतका अपराधीक घटनाहरुलाई नदोहरिनदिने लगायतका रणनिती बनाइएको र निरीक्षणको क्रममा सबै मातहतलार्य उपरोक्त कार्यनितीहरु कडार्य साथ कार्यन्वयन गर्न निर्देशन दिने गरिएको छ ।

५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामासगै ५ नम्बर प्रदेशका संघिय ईकाई कार्यालय नेपालगञ्जका बरिष्ट उपरीक्षक रमेशबिक्रम शाह र सम्वन्धीत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखह भ्रमण टोलीमा रहने गर्नुभएको   छ ।