पहिलो चरणको निर्वाचन: कुन प्रदेशमा कुन दलको को उम्मेदवार ? सूची हेर्नुहोस्…….

७ असोज, नेपालगञ्ज/ पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ । 

उम्मेदवारको दाबी विरुद्ध उजुरी दिनका लागि हिजो बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको उक्त उजुरी उपर आज मंगलबार  कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।  कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

कुन प्रदेशमा कुन दलको को उम्मेदवार ? सूची हेर्नुहोस्