८ कात्तिक नेपालगञ्ज/ आगामी मङ्सिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनका लागि पश्चिम नेपालको प्रमुख शहर समेत रहेको बांके जिल्लामा २ लाख ७६ हजार ७ सय १८ रहेको मतदाता रहेका छन ।
- बाँकेको क्षेत्र नम्बर १ मा ९८ हजार ३ सय २०
- क्षेत्र नम्बर २ मा ८२ हजार ९ सय ४९
- क्षेत्र नम्बर ३ मा ९५ हजार ४ सय ४९ मतदाता रहेका छन ।
- त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेश क निर्वाचन क्षेत्रमा ४७ हजार १९ र ख निर्वाचन क्षेत्रमा ५१ हजार ३ सय १ मतदाता रहेका छन ।
- क्षेत्र नम्बर २ को प्रदेश क निर्वाचन क्षेत्रमा ४२ हजार २५ र प्रदेश ख निर्वाचन क्षेत्रमा ४० हजार ९ सय २४ मतदाता रहेका छन ।
- क्षेत्र नम्बर ३ को प्रदेश क निर्वाचन क्षेत्रमा ५१ हजार १ सय १७ र प्रदेश ख निर्वाचन क्षेत्रमा ४४ हजार ३ सय ३२ मतदाता रहका छन ।
क्षेत्रीय निर्वाचन अधिकारी बसन्त राज अधिकारीका अनुसार बाँकेमा प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि ६ सिट रहेका छन । बाँकेको क्षेत्र नम्बर १ मा सबैभन्दा बढि मतदाता रहेका छन ।
स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटा तहमा गरी २ लाख ४६ हजार १ सय ३ मतदाता रहेका थिए । चार बर्ष अघि सम्पन्न भएको संविधानसभा निर्वाचन –२०७० मा बाँकेमा २ लाख ९ हजार १ सय ६९ मतदाता रहेका थिए ।
हाम्रो संरचना । ८ कार्तिक २०७४, बुधबार ०७:००