८ कात्तिक, नेपालगञ्ज/ संघिय प्रहरी इकाई कार्यालय नेपालगञ्जको प्रहरी टोलीले बांकेको डिठठापुरुवा चौकबाट १ थान हतियार सहित भारतिय नागरिक पक्राउ गरेको छ ।
भारतको बहराइच जिल्ला जिया गाउं घर भएको बताउने बर्ष २५ को रामजान नाम गरेको ब्यक्ती लाई मंगलबार बांकेको जानकी गाउंपालीका वडा नम्वर ६ को डिठठापुरुवा चौकमा हतियार सहित आएको जानकारी पाएपछी पक्राउ गरेको हतियार सहित पक्राउ गरेको यंघिय प्रहरी इकाई कार्यालय नेपालगञ्जले जनाएको छ ।
नेपालग–भारत सिमा क्षेत्रमा निर्वाचनको समय नजिकै आइरहेको र अपराधीहरुको समेत चलखेल हुनसक्ने भएकाले प्रहरीले बिशेष सर्तकता अपनाएको जनाएको छ ।
पक्राउ परेका ब्यक्तीबाट एक थान पेस्तोल बरामद भएको र पक्राउ परेका ब्यक्ती उपर आवश्यक अनुसन्धान गरी कानुनी कार्वाही गरिने प्रहरीले जनाएको छ । नेपालमा गैर–कानुनी हातहतियार साथमा लिएर हिडेमा काराबास तथा जरिवाना समेतको सजायको ब्यवस्था रहेको छ ।
यस अघिको निर्वाचनको समयमा सिमा क्षेत्रमा रहेको भारतिय पक्षका पेशेवर अपराधी मनस्थितीका ब्यक्तीले राप्ती पारी र नेपालगञ्ज वर-परका क्षेत्रमा बच्चा अपरण गरेर भारतको रुपैडियामा फिरोती लिने, डर–त्रास देखाएर पैसा असुली गर्ने गरेको इतिहास रहेको छ । केही दिन यता नेपाल प्रहरीले साना हतियार लिएर नेपाल छिरेका केही ब्यक्तीहरु पक्राउ गदै आएको छ ।
हाम्रो संरचना । ८ कार्तिक २०७४, बुधबार १३:४६