नवलपरासीका ४ लाख २९ हजार ८ सय ९४ जना मतदाताले मतदान गर्ने

८ कात्तिक, नेपालगञ्ज/ मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका चुनावका लागि नवलपरासीको परासी र नवलपुर क्षेत्रमा गरेर ४ लाख २९ हजार ८ सय ९४ जना मतदाताले मतदान गर्ने भएका छन् । 

बर्दघाट सुस्ता पश्चिमको जिल्ला निर्वाचन कार्यालय नवलपरासीका जिल्ला निर्वाचन अधिकृत  अयोद्याप्रसाद भण्डारीका अनुसार नवलपरासीमा दुवैतर्फ गरी ४ लाख २९ हजार ८ सय ९४ जना मतदाता रहेका छन् । त्यस्तै नवलपुर क्षेत्र अर्थात बर्दघाट सुस्ता पूर्वको जिल्लामा २ लाख २१ हजार ६ सय ६२ जना मतदाता छन् भने बर्दघाट सुस्ता पश्चिमको नवलपरासी जिल्लामा २ लाख ८ हजार २ सय ३२ जना मतदाता रहेका छन् ।

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि नवलपुर क्षेत्रको कावासोतीको खानेपानी हलमा र परासी क्षेत्रको जिल्ला बालकल्याण समिति र महिला विकास कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरीदैँछ ।

नवलपुर क्षेत्रको चुनाव क्षेत्र नं. १ को निर्वाचन अधिकृत तथा नवलपुर क्षेत्रको मुख्य निर्वाचन अधिकृतका रुपमा बाबुराम सुवेदी खटिनु भएको छ ।  निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको रुपमा बलसागर गिरी रहनुभएको छ । परासी क्षेत्रको प्रतिनिधि सभाको निर्वाचन अधिकृतको रुपमा  हरिशंकर ज्ञवाली र निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको रुपमा मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज शर्मा रेग्मीलाई जिम्मा प्रदान गरिएको छ ।

बर्दघाट सुस्ता पश्चिमका जिल्ला निर्वाचन कार्यालय नवलपरासीका जिल्ला निर्वाचन अधिकृत  भण्डारीका अनुसार नवलपरासीमा दुवैतर्फ गरी ३ हजार ६ सय ३८ कर्मचारी निर्वाचनमा खटिने छन् । जसका लागि कर्मचारीको तथ्यांक संकलन कार्य अहिले चलिरहेको छ ।