दाङको लमही-७, तेलियामा जुवाको खालबाट १८ जना पक्राउ

८ कात्तिक, नेपालगञ्ज/  दाङमा प्रहरीले जुवाको खालवाट ३ लाख ५९ हजार रुपैयाँ नगदसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरकारी कर्मचारी  समेत रहेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय अमेलीयाको संयुक्त टोलीले लमही नगरपालिका वडा नं ७ तेलियामा रहेको टंक अधिकारीको घरमा  जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट मंगलवार राति नगदस हित १८ जनालाई पक्राउ गरेकोे वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिनुभएको छ । 

जुवा खेलिरहेका अधिकांशले मादक पदार्थ सेवन गरेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई जुवा ऐन अनुसार कारवाहीको तयारी गरिएको छ । जुवाको खालवाट ठूलो धनराशी र धेरै व्यक्तिहरु पक्राउ परेको जिल्लाको यो नै सबैभन्दा ठूलो घटना प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं. ७ निवासी सरकारी कर्मचारी ४४ वर्षका टोप बहादुर वली,  वडा नं. ५ लमही निवासी ३२ वर्षका देवेन्द्र खड्का, वडा नं. ६ निवासी ४३ वर्षका भिम बहादुर घर्ती, वडा नं. ९ निवासी ४३ वर्षका खिमलाल वली, २४ वर्षका विमल खड्का, ३५ वर्षका प्रकाश कार्की, गढवा गाउँपालिका वडा नं. ६ निवासी २३ वर्षका अजय कौशल, सोही ठाउँ निवासी ३७ वर्षिय हरिप्रसाद भण्डारी, २५ वर्षिय शन्दिप अधिकारी, २६ वर्षका रमेश मगर, ४२ वर्षका राजेश कौशल, लमही नगरपालिका वडा नंं ९ निवासी लिला वली पक्राउ परेका छन ।

यस्तै राजपुर गाउँपालिका वडा नं. ७ निवासी २८ वर्षकासरोज वस्नेत, १८ वर्षका मनोज वस्नेत, ४४ वर्षका ईन्द्रबहादुर वस्नेत, ३५ वर्षका नरेन्द्र सिंह, २४ वर्षका सुवास भण्डारी जुवाको खालवाट पक्राउ परेका छन

सम्बन्धित शीर्षक