हाम्रो संरचना शनिबार, अशोज २, २०७८ 498 Views

११ कार्तिक धादिङ/ राजविराजबाट काठमाडौं जादै गरेको बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको छ ।  शनिबार बिहान करिव साढे ५ बजे ना६ख १४६७ नम्बरको सन्तोष ट्राभल्स त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । 

बस मोडबाट खसेपछि उछ्ट्टिएर १५ यात्रु नदी किनारमा परेका छन् । उनीहरु घाइते छन् । किनारमा रहेका यात्रुका अनुसार बसमा करिव ५० जना यात्रु थिए ।

५० जना मध्ये १ जनाको लास फेला परेको छ भने ३४ जना बस भित्रै रहेका अनुमान गरिएको छ । प्रहरीले बसभित्र रहेको सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले उद्दार कार्य जारी राखेको भएपनि बस नदी भित्रै रहेकोले जिउँदो भेट्टाउन मुस्किल रहेको बताएको छ ।