बाँके जिल्लामा १ सय ३६ मतदान स्थलका ३ सय २७ मतदान केन्द्र कायम

१३ कात्तिक, नेपालगञ्ज / आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाँके जिल्लका ३ वटा प्रतिनिधी सभा र ६ वटा प्रदेश सभा सदस्य निर्वाचनका लागी  १ सय ३६ मतदान स्थलका ३ सय २७ मतदान केन्द्र कायम गरिएको छ । 

नेपालगञ्ज स्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीले का अनुसार गएको स्थानीय तह चुनावमा जिल्लामा १ सय ३६ मतदानस्थलमा २ सय ९५ वटा मतदान केन्द्र रहेकोमा स्थानीय तह निर्वाचन भन्दा यसपटक बांके जिल्लामा करिब ३० हजार मतदाता थप भएका कारण मतदान केन्द्र पनि थपिएका हुन् ।

निर्वाचन आयोगले १ हजार ६४ मतदाता रहेको क्षेत्रमा एउटा मतदान केन्द्र बनाउने मापदण्ड बनाए अनुसार जिल्लामा ३ सय २७ मतदान केन्द्र तोकिएको हो ।बाँके जिल्लामा २ लाख ७६ हजार ७ सय १८ मतदाता रहेका छन ।