समानुपातिक निर्वाचनका लागि राजनितीक पार्टीहरु बाट उम्मेदवारको अन्तीम बन्दसूची संशोधन सहित आयोगमा दर्ता

१३ कात्तिक, नेपालगञ्ज/  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गरेका छन् ।

गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरुले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगले निर्वाचन कानून बमोजिम बन्दसूची संशोधन गर्न यही कात्तिक ६ गतेदेखि आइतबार १२ गते सम्मको समय सीमा प्रदान गरेको थियो ।

समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४९ दलले यस अघि नै उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

निर्वाचन आयोगले कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
बन्दसूची सच्याउने क्रममा नेपाली कांग्रेस, नेकपा ९एमाले० लगायतका दलहरु अबेर निर्वाचन आयोग पुगेका थिए ।