निर्वाचन आचार संहिता बिपरित ३०२ जना इन्सपेक्टरको सरुवा

१३ कात्तिक, काठमाडौं/ सरकारले निर्वाचन आचार संहिता बिपरित ३०२ जना प्रहरी निरीक्षक इन्स्पेक्टर को सरुवा गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र सूचीअनुसार प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गत राती एकै पटक ठुलो संख्यामा इन्सपेक्टरको सरुवा गर्नुभएको हो । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि निर्वाचन सार्ने एक पछि अर्काे योजनामा लागेको  छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार सूचना प्रकाशन गर्दै कात्तिक महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट पाउने गरी एकैसाथ ३०२ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको जनाएको छ ।

हेर्नुहोस् को कहाबाट- कहा सरुवा भए Clicks here…