१३ कात्तिक,कालिकोट / जुम्लाबाट काठमाडौं जाँदै गरेको ना४ख६३७ नम्बरको यात्रुबाहक बस सोमबार दिउँसो १ बजे कर्णाली राजमार्गको कालिकोट सडक खण्डको सुनार खोलामा दुर्घटना भएको छ। ६० जना यात्रु बोकेको यात्रुबाहक बस दुर्घटना हुँदा ३ जना घाइते भएको अन्य यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
बस अनियन्त्रित भएर भएको दुर्घटनामा परेका ३ जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवल्दार धीरेन्द्रबहादुर शाहीले बताए। ‘घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।’ उनले भने, ‘६० जना यात्रु रहेको बसमा अरु सबै सकुशल रहेका छन्।
हाम्रो संरचना । १३ कार्तिक २०७४, सोमबार १५:५४