इन्धनको भाउ बढ्यो : खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि

१५ कार्तिक,नेपालगञ्ज /नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको भाउ बढेको हो । नयाँ मूल्य अनुसार पेट्रोल सय रुपैयाँ प्रतिलिटर पुगेको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैया बढाइएको हो । 

यसैगरी खाना पकाउने ग्यास पनि महँगिएको छ । ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पुगेको छ । ग्यासमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । यसै गरी डिजेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुगेको छ । डिजेलमा एक रुपैयाँ ५० पैसा बढेको छ ।

 इन्यिन आयल कर्पोरेसन्स (आइओसी)ले नयाँ मूल्यअनुसार भाउ बढेकाले वृद्धि भएको निगमले जनाएको छ । निगमले आइओसीबाट इन्धन आयात गर्दछ । आइओसीले अंग्रेजी महिनाअनुसार एक र १६ तारिकमा नयाँ मूल्य सूची पठाउँछ । सोहीअनुसार यहाँ पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्य बढेपछि पनि निगमको पाक्षिक नाफा १ करोड ९७ लाख रुपैयाँ घाटा रहेको प्रवक्ता वीरेन्द्र गोइतले बताए ।