दोस्रो चरणका लागि उम्मेदवारी दर्ता : बांके जिल्लामा कुन पार्टीबाट कस्को उम्मेदवारी ….?

१६, कात्त्कि, नेपालगञ्ज/  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।  दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुनेछ ।   

प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडी जिल्लामा निर्वाचन हुनेछ ।

सदरमुकाममा खोलिएको मुख्य निर्वाचन अधिकृत तथा क्षेत्रअनुसारको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तासँगै उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

बांके जिल्लामा उम्मेदवार दर्ता…

आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको लागी हुने निर्वाचनको लागी सबै दलहरुले बांके जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुगो लगाएका छन ।
बाम गठवन्धनबाट
बाम गठवन्धनबाट क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्यको लागी अथक भनि चिनिने महेश्वर गहतराज, निर्वाचन क्षेत्र नम्वर २ मा पशुपती दयाल मिश्रा, निर्वाचन क्षेत्र नम्वर ३ मा नन्द लाल रोकाय रहनु भएको छ ।
त्यसैगरी बाम गठवन्धनबाट प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्वर १क मा माओबादीले नमुना के.सी.को निर्णय गरेको र केसीले कार्यकर्ताले प्रतिनिधी सभाका लागी सिफरिस गरेकाले प्रदेश सभामा मनोनय नदिने बताएपछी सो क्षेत्रको लागी टिकट माग गरिरहेका अम्मर खडकाको सम्भावना बढेको छ ।
निर्वाचन क्षेत्र नम्वर १ख मा आरती पौडेल, निर्वाचन क्षेत्र नम्वर २ क मा कामता खटिक निर्वाचन क्षेत्र नम्वर २ ख मा बिजय गुप्ता, निर्वाचन क्षेत्र नम्वर ३क इन्द्र प्रशाद खरेल आई.पी. खरेल, निर्वाचन क्षेत्र नम्वर ३ख मा बाबुराम गौतमले मनोनयन गर्ने भएका छन ।
लोकतान्त्रीक गठबन्धनबाट
त्यसैगरी लोकतान्त्रीक गठबन्धनबाट क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्यको लागी माधव राम के.सी., क्षेत्र नम्वर २ ओम प्रकाश आजाद र क्षेत्र नम्वर ३ बादशाह कुर्मि रहेका छन ।
त्यसैगरी प्रदेश सभाका लागी बांके क्षेत्र नम्वर १क बाट शरद बर्मा, १ख बाट नारायण प्रशाद गौडेल, क्षेत्र नम्वर २क बाट निरञ्जन सिह सिजापती २ख बाट सुरेन्द्र हमाल, क्षेत्र नम्वर ३क बाट चन्तराम थारु,३ख बाट लक्ष्मी नारायण शाह रहेको गठवन्धनका तर्फबाट राप्रपाका केन्द्रीय सदस्य श्रmषि देवकोटाले बताउनु भएको छ ।
राष्ट्रिय जनता पार्टी र संघिय समाजबादी पार्टी एक्ला एक्लै भिडदै
त्यसैगरी संघिय समाजबादी पार्टीको क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्यको लागी रमानन्द शर्मा क्षेत्र नम्वर २ बाट इस्तियाक राई र क्षेत्र नम्वर ३ मनोज कुमार दिक्षीत रहेका छन ।
त्यसैगरी प्रदेश सभाका लागी बांके क्षेत्र नम्वर १क बाट गुफरान अहमद शाह, १ख बाट भने सहमती हुन नसकेकोले छलफल चलिरहेको इस्तियाक राईले जानकारी दिनुभएको छ । त्यसै गरी क्षेत्र नम्वर २क बाट बिजय बहादुर यादव २ख बाट दुर्गेश बैश्य गुप्ता, क्षेत्र नम्वर ३क बाट बलराम यादव,३ख बाट राम सोहन कुर्मि रहेका छन ।
त्यसैगरी राष्ट्रिय जनता पार्टीबाट पनि मनोनयनको बिषयमा छलफल भइरहेको र बांके क्षेत्र नम्वर २ बाट पूर्व मेयर तथा कांगे्रसका पुराना नेता रहिसक्नु भएका हाल राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधी सभा सदस्य पदमा उम्मेदवारी दिनुहुने छ ।
यसैगरी विवेकशिल पार्टीबाट पनि बांकेको क्षेत्र नम्वर २ बाटै नगेन्द्र कुवर प्रतिनिधी सभा सदस्य र डा. बिनोद कर्ण २ख को प्रदेश सभासदस्य पलको लागी मनोनयन दर्ता गर्ने भएका छन ।

नयाँ शक्ति पार्टी नेपाल बाट

त्यसैगरी नयाँ शक्ति पार्टी नेपाल बाट प्रतिनिधि तथा प्रदेस सभाको उम्मेद्वारअन्तिम टुंगो लगाएको छ । प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट बुध बहादुर सुनार, २ बाट बेदप्रसाद आचार्य ३ बाट बिरेन्द्र पुन रहनु भएको छ ।
प्रदेस सभा तर्फ १क निसिम खां, २क फकरुल्ला पठान२ ख बाट सुनिल कुमार सिघंल ९अग्रवाल ० ३क बाट मोहन चन्द ३ख बाट मोहम्मद अख्तर खां रहेको जिल्ला संयोजक हिक्मत बि क ले जानकारी दिनुभएको छ ।