रुकुमको कोइयाल खोला नजिकै बस र सल्यानको बन्गाडमा जीप दुर्घटनामा ३ को मृत्यु पुग्यो,१५ जना यात्रु घाइते

१६ कात्तिक,सल्यान/  सल्यानको बन्गाड कुपिण्डे नगरपालिका ८ मा जीप दुर्घटना हुँद मृत्यु हुनेको संख्या ३ पुगेको छ। उपचारको लागि अस्पताल लैजादै गर्दा थप १ वृद्धाको मृत्यु भएपछि मृतक संख्या ३ पुगेको हो।  

सुर्खेत मेलकुनाकी ६० वर्षीया दलसरी परियारको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार साँझ सुर्खेतबाट सल्यानको कुपिण्डेताल घुमेर फर्किदा भे १ ज ९२७ नम्बरको जीप दुर्घटना भएको थियो।

वनगाड कुपिन्डे नगरपालिका ८ को रिठाघारीमा दुर्घटना हुँदा चालक भेरीगंगा नगरपालिका ८ देवराज कामी र वीरेन्द्रनगर ८ का धनमाया नेपालीको ज्यान गएको सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जानकारी दिए।

उकालो र घुम्तीमा ओभरलोडका कारण जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। यस्तै रुकुमको चौरजहारीबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख २७६८ नम्बरको बागेश्वरी यातायातको बस बुधबार साँझ ९ बजेतिर कुमाखमालिका गाउँपालिका २ कोइयाल खोला नजिकै दुर्घटना भएको छ। बस सडकको भित्तामा ठोक्किदा १५ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ। घाइते सबैको नेपालगञ्ज उपचार भइरहेको छ।