हाम्रो संरचना शनिबार, अशोज २, २०७८ 469 Views

१६ कार्तिक, आबुखरैनी- तनहुँ/  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखरैनी-२ बरादी एक्लेफाँटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जादै गरेको बा ८३ प ५९७५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री सहित मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

 मृत्यु हुनेमा पैदलयात्री गोरखा पालुङ्गटार नगरपालिका-१ च्याङ्गलिङका ६० वर्षीय नानुमाया राना, मोटरसाइकल चालक भक्तपुर कौशलटार बस्ने २० वर्षीय नितेश सिंह र मोटरसाइकल पछाडि सवार भक्तपुरका १९ वर्षीय सविन अधिकारी छन् ।

मोटरसाइलक दुर्घटना ३ जनाको गम्भीर घाइते भएपछि पैदलयात्री रानाको स्थानीय लक्ष्मी अस्पताल, मोटरसाइकलमा पछाडि सवार अधिकारीको छिम्केश्वरी अस्पताल र मोटरसाइकल चालक सिंहको पोखराको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।