पोखरा प्रहरी प्रमुख एसपी अशोक सिंहले चार जना भारतीय सुटरसहित १२ जनालाई शुक्रवार राति पक्राउ गरिएको पुष्टि गरे । एसपी सिंहले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । भारतीय नागरीकसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतकाअनुसार चार जना भारतीयहरु भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका हुन् । उनीहरुमाथी सर्वसाधरणको हत्या गरेको र हप्ता असुली गरेको आरोप छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई भारतीय प्रहरीले उनिहरुको खोजि गरिदिन आग्रह गर्दैै आएको थियो ।

पोखरा प्रहरीको सहयोगमा ब्युरोबाट सादा पोसाकमा खटिएको टोलीले उनीहरुलाई सिद्धार्थ चोकमा पसलमा सामान किनिरहेको बेला पक्राउ गरेको हो ।
निर्वाचनका समयमा यसरी भारती सुरट पक्राउ पर्दा भिआई हत्या गरी चुनाव भाँड्ने गोप्य योजना समेत भएको हुन सक्ने बताइएको छ ।