१९ कात्तिक,नेपालगञ्ज/ मुगुको खत्याड क्षेत्रमा मलेरियाको संक्रमण फैलिएको छ । गत भदौ र असोज महिनामा बाजुराको कोल्टी आसपासबाट मलेरियाको संक्रमण सुरु भएकोमा हाल मुगुको खत्याड क्षेत्रमा देखिएको हो ।
हिमाली जिल्ला मुगु र बाजुराको कोल्टी क्षेत्रमा भेक्टर सर्वेको लागि पुगेका स्वास्थ्यकर्मी टोलीका सदस्य तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल अफिसर रत्नलाल शर्माले मुगु र बाजुरामा गरिएको भेक्टर सर्वेमा मलेरियाको जिवाणु र मलेरिया सार्ने लामखुट्टे फेला परेको जानकारी दिनुभएको छ ।
मुगु र बाजुरामा चिसो ठाँउमा मेलेरियाको जिवाणु नहोला भन्ने सोचाई उक्त घटनाले गलत साबित गरेको छ ।
रोगको सक्रमण फैलिएको ठाँउ कर्णाली नदिको किनार भएको र भित्र मधेशको जस्तो भु–बनोट छ । मलेरिया सार्ने लामखुट्टे प्रसस्त मात्रामा भेटिएकोर सो ठाँउमा भेटिएको लामखुट्टेमा नरम खालको मलेरियाको जिवाणु भेटिएको बाँकेका भेक्टर कन्ट्रोल अफिसर रत्नलाल शर्मा जानकारी दिनुभयो ।
शर्माले बाजुराको कोल्टीबाट ४ घण्टा पैदल दुरीमा पर्ने मुगुको खप्त्याड गाउपालिका वडा नं. ८ र १० रिंगा, आमा, ठामलेख, हेङ्गलु, सुकाडिक लगायतका गाउहरुमा मलेरियाको संक्रमण देखिएको छ । ‘सबै भन्दा बढी रिंगा, गाउमा मलेरिया प्रभावित भएको छ । मलेरिया प्रभाबित क्षेत्रमा विषादी स्प्रे साथ साथै नमुना संकलन समेत गरिरहेको छ।
गत भदौमा बाजुराको कोल्टीमा पहिलो पटक मलेरियाको लक्षण देखा परेको थियो । सो ठाँउमा गरिएको स्वास्थ्य परिक्षण र रगत संकलनमा ६० जना भन्दा बढीमा मलेरिया पोजेटिभ नतिजा आएको थियो । त्यसैगरी गत असोज २५ गते मुगुको खप्त्याड क्षेत्रमा दुई जनामा देखिएको मलेरिया अहिले ६३ जनामा देखिएको छ ।
चिसो तथा हिमाली क्षेत्रमा प्राय मलेरिया नदेखिने भएपनि जलबायुमा भएको परिवर्तनको कारण हिमाली क्षेत्रमा समेत महामारीको रुपमा रहने मलेरिया रोग मुगुको खप्त्याड क्षेत्रमा मलेरिया प्रकोपको रुपमा फैलिन थालेपछि स्वास्थ्य विभाग ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले डा. दिपेन्द्र कंडेलको नेतृत्वमा सो क्षेत्रमा चिकित्सकको टोली खटाएको छ । मलेरिया प्रभाबित क्षेत्रमा स्वास्थ्य जाँचसंगै भेक्टर कन्ट्रोलका लागि विषादी छकर्ने कार्य तीब्ररुपले सञ्चालन गरिएको छ ।
मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीले मुगुको खप्त्याड क्षेत्रमा देखिएको मलेरिया सामान्य खालको भएको बताईन । उनले सो क्षेत्रमा फैलिएको मलेरीयाका कारण कसैको ज्यान नगएको र मलेरिया रोग नियन्त्रणकको लागी स्वास्थ्य विभाग ईपिमिडियोलोजी रोग तथा माहामारी नियन्त्रण शाखाको टोली प्रभावित क्षेत्रमा पुगेको जानकारी दिनुभएको छ ।
नेपालमा महामारी रोग मलेरिया नियन्त्रणमा रहेको बताइए पनि यो रोग बिभिन्न समयमा एक्कासी देखा पदै आएको छ । मच्छरको सहायताले सर्ने यो रोग मच्छरबाट बच्न सावधानी अपनाउनु पर्ने हुन्छ ।
हाम्रो संरचना । २० कार्तिक २०७४, सोमबार ०८:४३