नेपालगञ्जमा हुने ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी कोहलपुर,दांग,सुर्खेत,बर्दियामा सुविधा सम्पन्न भौतीक संरचनाहरु निर्माण गरिदै

राष्ट्रिय खेलकुद प्रतियोगिताको ८औं संस्करण नेपालगञ्जमा आयोजना गरिने ७ हजार खेलाडी ३ हजार अफिसियलको सहभागिता रहने, प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ

नेपालगञ्ज/ आगामी बर्ष २०७५ सालको अन्तीममा आयोजना नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा भौतिक पूर्वाधारहरुको निर्माणलाई तिव्रता दिइएको छ ।

नेपाली खेलकुदको महाकुम्भ रुपमा लिइएको राष्ट्रिय खेलकुद प्रतियोगिताको ८औं संस्करण नेपालगञ्जमा आयोजना गरिने ७औं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्त्यमा घोषणा गरिसकिएको छ ।
नेपालगञ्ज बिक्रम सम्वत २०७५ आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको भौतिक पूर्वाधारहरु निर्माणलाई तिव्रता दिइएको खेलकुद बिकास समितिका क्षेत्रीय अध्यक्ष भिम वलीले जानकारी दिनुभएको छ । 

८ औं संस्करण खेल मध्य-पश्चिमका बिभिन्न जिल्लामा आयोजना गर्ने गरी उक्त राष्ट्रिय प्रतियोगिताका लागी बांकेको नेपालगञ्ज र कोहलपुर, दांग, सुर्खेत र बर्दियाको गुलरियामा भौतिक पूर्वाधारहरु निर्माण कार्यमा तिव्रता दिइएको छ ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताका बिभिन्न प्रतियोगितालाई मध्यनजर गरेर नेपालगञ्जमा अत्याधुनिक कबर्ड हल, स्तरीय ट्रयाक एण्ड फिल्ड निर्माण सुरु भएको छ । १ सय २० मिटर लम्बाई र ८० मिटर चौडाई नेपालगञ्ज रंगशालाको ट्रयाक एण्ड फिल्ड ०.५ मिटर अग्लो बनाउने काम भरहेको छ ।

नेपालकै दोस्रो ठूलो पौडी पोखरी निर्माण कार्य अन्तिममा चरणमा पुगेको छ । ‘राष्ट्रिय खेलकुद परिषदको लगानीमा काठमाडौ. उपत्यका बाहिर सबैभन्दा ठूलो पौडी पोखरी नेपालगञ्ज रंगशालामा निर्माण भइरहेको छ ।

१८ करोड लागतमा पौडी पोखरी निर्माण कार्य तिव्र रुपमा अगाडी बढाइएको छ । पौडी पोखरीलाई २०७५ मा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका क्रममा प्रयोग गर्न सकिने गरी तयारीलाई तिव्रता दिइएको अध्यक्ष ओलीले जानकारी दिनुभएको छ ।

गत बर्ष पुसमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापनका क्रममा आठौं प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा गर्ने घोषणा गरिएको थियो । ८७ लाख लाखको लागतमा नेपालगञ्जमै भारोत्तोलन एकेडेमी निर्माण भैरहेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ नेपालगञ्जमा आयोजनाका लागि सरकारले समग्र १ अर्ब ५ करोड बजेट छुट्याएको छ । ‘त्यसभित्र भौतिक पूर्वाधार निर्माणका लागि पनि बजेट राखिएको हो ।
त्यसैगरी नेपालगञ्जमा जुडो एकेडेमीको निर्माण कार्य भइरहेको छ । त्यसको पनि निर्माण कार्य भइरहेको छ । त्यसका लागी यस बर्ष २० लाख प्राप्त भइसकेको छ ।

कोहलपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डिपिआर तयार भएको छ । ‘डिपिआर अनुसार, मैदान संरक्षणका लागि पर्खाल लगाइने भएको छ’, ४ बिघा १२ कटठामा मैदानमा पहिलो चरणमा पर्खाल लगाईने काम हुदै छ ।  सुर्खेतमा रंगशाला निर्माणका लागि डिपिआर तयार भइरहेको र त्यसका लागि बजेटको भइसकेको छ ।

सुर्खेतमा रंगशालाका लागि १ करोड रुपैया बजेट छुट्याइएको छ । बर्दियाको गुलरियामा सुविधा सम्पन्न कबर्ड हल सहित रंगशाला बनाइदैछ । त्यसका लागि ४० लाख प्रारम्भिक बजेट छुट्याइएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

त्यस्तै दांगको बेलझुण्डीमा ठूलो लगानीमा प्रादेशिक स्तरको रंगशाला बनाइने भएको छ । ‘प्राविधिक टोलीले डिपिआर बनाइरहेको छ’, अध्यक्ष ओलीले ३० हजार दर्शक क्षमताको प्रादेशिक रंगशालाका लागि सरकारले केन्द्रबाटै काम गरिरहेको जानकारी दिनुभयो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ वटा विभिन्न खेल आयोजना भएकोमा आठौंमा ४१ खेल सहभागीको लक्ष्य राखिएको छ । झण्डै ७ हजार खेलाडी ३ हजार अफिसियलको सहभागिता रहने प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । ‘त्यसका लागि खेलाडीहरु नियमित प्रशिक्षणमा पनि जुटिसकेका छन ।