२२ कार्तिक,वीरगन्ज/ नेपाली समाजमा महिला र पुरुष बीच बिभेदको कुरा उठिरहेको समयमा मेकिल साइन्सको प्रगतीले पुरुष महिला बन्न सक्ने अवस्था सामन्य बन्न थालेको छ ।
यस अघि नेपाली टेली भिजमा चर्चित हास्य ब्यग्य कार्यक्रम हिजो आजका कुरा सञ्चालक षन्तोष पन्तकी छोराले अमेरीकामा अप्रेशनपछी पुरुषबाट महिला बनेको केही समय पछी बिरगञ्जका पनि सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले आफ्नो पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छन् ।
सन्ध्याले अगस्त ८ मा थाइल्यान्डको बैंकक स्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइनमेन्ट सर्जरी गरेकी हुन् । उनले झन्डै १ दशक तेस्रो लिंगीको पहिचान बोकेकी थिइन् ।
लामो आराम पछि कार्यालयको जिम्मेवारी पुन: सम्हाल्न आएकी सन्ध्याले लिंग परिवर्तनपछि नौलो अनुभूति गरेको बताइन् । ‘मेरो सपना थियो शारीरिक रूपमा पनि महिला पहिचान बनाउने,’ उनले भनिन्, ‘अहिले पूरा भएको छ, वास्तवमा यो विज्ञानकै चमत्कार हो ।’
महिलाको जस्तो पाठेघर प्रत्यारोपण भने नगरेको उनले बताइन् । त्यसका लागि करिब दोब्बर रकम लाग्ने भएकाले आफूले तत्काल रकम जुटाउन नसकेको बताइन् । यसबाहेक उनले पुरुष स्वर परिर्वतन गरी महिला जस्तो बनाउन घाँटीको शल्यक्रिया गर्न पनि बाँकी छ ।
नेपालमा लिंग परिवर्तनको सुविधा नभएकाले थाइल्यान्ड पुगेर गर्नुपरेको उनले बताइन् । उनका अनुसार लिंग परिवर्तनका लागि १० लाख रुपैयाँ खर्च लागेको छ । हेटौंडा मूल घर भएकी सन्ध्या ४ दाजुभाइ–दिदीबहिनीमध्ये कान्छी हुन् । परिवारको राजीखुसी र सहमतिबाटै आफूले लिंग परिवर्तन गरेको उनले सुनाइन् ।
२०१२ मा उनले बैंककबाटै शल्यक्रिया गरी महिलाझैं स्तनको विकास गरेकी थिइन् । नेपालमा लिंग परिवर्तन गरी पुरुषबाट महिला भएका करिब २ दर्जन व्यक्ति रहेको उनले बताइन् ।
उनले ७ वर्षयता तेस्रो लिंगीको हकहितमा संलग्न संस्थामा कार्यरत छिन् । उनले २००८ मा काठमाडौंमा विश्व बैंकले आयोजना गरेको तेस्रो लिंगीको ‘मिस ब्युटी एन्ड ब्रेन’ प्रतियोगिताको ताज पहिरिएकी थिइन् । जितसँगै उनले बैंककमा भएको तेस्रो लिंगीको ‘मिस इन्टरनेसनल क्विन’ प्रतियोगितामा सहभागिताको अवसर समेत पाएकी थिइन् ।
आकर्षक व्यक्तित्वकै कारण सन्ध्याले विभिन्न चलचित्र तथा म्युजिक भिडियोमा नृत्यको अवसर पनि पाएकी छन् । लिंग परिवर्तनपछि अब अवसरको खोजीमा आफू पहिले काठमाडौं जाने र त्यहाँ सोचे जस्तो नभए मुम्बई जाने तयारीमा रहेको उनले बताइन् ।
‘सकेसम्म स्वदेशमै प्रतिभा देखाउन पाए हुन्थ्यो भन्ने लागेको छ,’ उनले भनिन्, ‘नेपाली चलचित्र र म्युजिक भिडियोमा अवसर पाए यतै बस्छु । नभए मुम्बई गएर संघर्ष गर्छु ।’
हाम्रो संरचना । २२ कार्तिक २०७४, बुधबार २१:१४