गर्भपतनको अभियोगमा दांगमा दुई महिला पक्राउ

२२ कार्तिक,दांग /अवैध गर्भपतन गराएको अभियोगमा प्रहरीले घोराहीबाट दुई महिलालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ क्याम्पस रोडमा पियुष मेडिकल सञ्चालन गरिरहेका स्थानीय ४० वर्षीया किरण भण्डारी र घोराही–३ झिङ्नीकी ४२ वर्षीया कल्पना श्रेष्ठलाई मंगलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताएकी छन् । 

 उनीहरुले विभिन्न औषधी खुवाई घोराही–३ झिङ्नीकी २५ वर्षीया शान्ति चौधरीको २२ हप्ताको शिशू गर्भपतन गराएको जानकारी पाएपछि पक्राउ गरिएको एसपी सिंहले बताइन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिइन