तरकारीको भाउ अहिलेसम्मकै उच्च : अधिकांशको मूल्य किलोको सय भन्दा माथि

अजित अधिकारी, 
२३ कात्तिक,  काठमाडौं/  तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर स्थिर भएको छ । एक सातादेखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाँमाथि पुगेर स्थिर भइरहँदा उपभोक्ता महँगीको मारमा छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको भाउ आकासिए पनि सरकारले मूल्य नियन्त्रणका लागि कुनै प्रयास गरेको छैन । फलफूल तथा तरकारी बजार का ब्यापरीका अनुसार तिहार अघिबाट मूल्य आकासिन थालेको हो । 

काठमाण्डौं उपत्यका कालीमाटीमा दैनिक ४ सय २५ देखि ४ सय ५० टन तरकारी भित्रिरहेको छ ।र काठमाण्डौ।मा दैनिक ७ सय टनको माग रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप-निर्देशक विनय श्रेष्ठले जानकारी दिनुभएको छ ।
काठमाण्डौका साथै तराइमा समेत तरकारीको मुल्य बढेको बढयै छ । नेपालगञ्जमा हरियो तरकारीका साथै आलु प्याजको मुल्य पनि बढेको छ ।

 

काठमाण्डौमा यस्तो छ बजार मूल्य:  

सिजनमै टमाटर र साग महँगियो

भान्सामा नियमित खपत हुने टमाटर उत्पादनको अहिले प्रमुख सिजन हो । तर, उपत्यकामा तराईबाट टमाटर आयात भएको छैन । ‘काठमाडौंआसपासका जिल्लामा उत्पादन भएका टमाटर आइरहेका छन्, जुन टमाटर टनेलमा उत्पादन गरिएका हुन्,’ श्रेष्ठले भने, ‘टनेलमा लगाइएका टमाटर तुलनात्मक रूपले महँगा नै हुन्छन्, तराईको चौडा जग्गामा लगाइएको टमाटर आएको खण्डमा मूल्य घट्न सक्छ ।’

त्यस्तै सागको पनि यो प्रमुख सिजन हो । तर, पालुंगो र चमसुर साग प्रतिकिलो समान १ सय १० रुपैयाँ पुगेको छ । ‘यो साग किलोको १५–२० रुपैयाँ हुनुपर्ने हो,’ उनले भने, ‘तर, ७० रुपैयाँ प्रतिकिलोभन्दा माथि पुगेको छ ।’

यी तरकारी पनि महँगिए
भारतबाट आयात हुने प्याज र सिमीको भाउ पनि प्रतिकिलो ९० रुपैयाँ पुगेको छ ।

आलु ७० रुपैयाँ किलोमा किनबेच भइरहेको छ । बन्दा र परवलको भाउ क्रमशः ९० र ८० रुपैयाँ प्रतिकिलो भएको छ । मूलाले पहिलोपटक ५० रुपैयाँ प्रतिकिलो भाउ पाएको छ ।

लौका ६० रुपैयाँ प्रतिकिलो छ । सस्तो तरकारीमा पाकेको फर्सी प्रतिकिलो ३० देखि ४० रुपैयाँ, स्कुस प्रतिकिलो २० रुपैयाँ, बरेला ५० रुपैयाँ प्रतिकिलो छ ।नया पत्रिकामा समाचार छ ।