आइतबारबाट नारायणगढ–मुग्लिन सडकखण्ड पुन: दैनिक ९ घण्टा बन्द हुने

विमल खतिवडा,

२३ कार्तिक, नेपालगञ्ज/ नारायणगढ मुग्लिन सडकको पहरो काट्ने कार्य गर्नुपर्ने भएकाले आइतबारदेखि सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

विहान ७ बजे देखि साँझ ४ बजे सम्म सडकखण्ड बन्द रहने नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ । यद्यपी सवारीको चाप हेरेर  एक देखि डेढ घण्टामा सवारी  आवतजावतको व्यवस्था मिलाइएको समेत आयोजनाले जारी गरेको सुचनामा उल्लेख छ ।  

सडकखण्डको भतेरी जंगल, गाईघाट देखी केराबारी बीचको क्षेत्र, सिमलताल देखि भालुढुङ्गाबीच र मुग्लिन बजारमा सवारी साधन रोकिने छ । सेती दोभान नजिकै ठुलो चट्टानको ढिक्का खस्न सक्ने अवस्थामा रहेकाले सम्भावित जोखिम न्युनिकरणका लागी शनिबार विहान १० देखि ५ बजे सम्म सवारी आवागमन बन्द गरिने आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

बिस्तारको क्रममा रहेको सो सडकखण्डमा अहिले सम्म ५७ प्रतिशत काम सम्पन्न भएको छ । आगामि चैत्र मसान्त भित्र सडक विस्तार सक्ने लक्ष्य रहेकाले काम तिव्र गतिमा भैरहेको अयोजनाले दाबी गरेको छ ।

सम्बन्धित शीर्षक