हाम्रो संरचना बिहिबार, कार्तिक १३, २०७७ 452 Views

– भगत राम थारु –

२३ कार्तिक,नेपालगञ्ज/ नेपालगञ्ज उप-महानगरपालिका ५ स्थिति एक पसलमा बिहिबार प्रहरीले छापा हान्दा विना विलको कपडा बरामद गरेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका ५ स्थिति एक पसलमा आज प्रहरीले छापा हान्दा विना विलको कपडा बरामद गरेको छ ।

नेपालगञ्जको न्युरोड स्थित रहेको माँ जय भवानी ढुवानी सेवामा प्रहरीले छापा हान्छा विना विल भर्पाई रहेको कपडा फेला पारेको हो ।

जाडो सिजन सुरु भएसंग विभिन्न स्थानमा पठाउनका लागि तयार अवस्थामा राखिएको कपडा विशेष प्रहरी टोलीले छापा मारेर वरामद गरेको छ ।

ढुवानी सेवामा विना विल रहेको १ सय ८० थान न्यानो कपडा, २० थान लेगिज, २१ थान कुर्ती लगायत ३ वोरा विभिन्न प्रकारका कपडा फेला पारेको प्रहरीले जनाएको छ ।

ढुवानी सेवामा अवैध राखिएको कपडा रहेको सुचनाका आधारमा प्रहरीले छापा मारेर कपडा बरामद गरेको हो ।  कपडा ५ लाख बढि मुल्यको रहेको जनाएको छ ।