बर्दियामा ४१ निर्वाचन केन्द्र अति संवेदनशील, सुरक्षाकर्मिको अभाव,हतियार प्रशासनमा बुझाउन अनुरोध

२६ कार्तिक, गुलरिया, बर्दिया/  प्रतिनिधि र प्रदेश सभाका निर्वाचनका लागि बर्दियाको बिभिन्न ४१ मतदान केन्द्रलाई अति संवेदनशील मानिएको छ । अति संवेदशनशील मानिएका क्षेत्रहरुमा प्रया नेपा- भारत सीमा क्षेत्र जोडिएका मतदानकेन्द्रहरु रहेका छन । 

त्यसरी केन्द्रहरुमा संवेदशनशील मानिएका मतदान केन्द्र, बासगढी नगरपालीकाका केही केन्द्र,पाताभार,मैनापोखर,जमुनी,कालिका,मोहम्दपुर, गुलरीया, ताराताल,बनियाभार,राजापुर क्षेत्रका केही मतदान केन्द्र लगायत रहेको स्थानिय प्रशासनले बर्गिकरण गरी शान्ती सुरक्षाको कार्ययोजना बनाएरर लागी रहेको
प्रशासनले जनाएको छ ।

सोही क्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाले लाइसन्सधारी सबै किसिमका हतियार प्रशासनमा बुझाउन सार्वजनिक अनुरोध गराएको छ । सुचनाको अटेरी गरे कार्बाही गर्ने सुरक्षा समेत बताएको ।
प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार अति संवेदनशील तथा संवेदनशील ४१ र सामान्य ५५ मतदान केन्द्र रहेका छन् । अति संवेदनशील र संवेदनशील मानिएको स्थलमा सुरक्षा जाँचलाई कडा पारिएको प्रहरीले जनाएको छ ।

नेपाल भारत सीमामा चेक जाँच कडा पार्नुका साथै निगरानी बढाइएको छ ।
जनशक्ति अभाव भएका कारण समस्या देखिएको र थप जनशक्तिका लागि केन्द्रलाई जानकारी गराएको भट्टराइले बताउनुभयो । थोरै सवारी साधनले गस्तीमा समस्या आएको सुरक्षा निकायले जनाएको छ ।