हाम्रो संरचना बिहिबार, कार्तिक ४, २०७८ 455 Views

२६ कार्तिक, नेपालगञ्ज / लमही नगरपालिका–१ नर्तीमा बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किएर २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती गाउँपालिकाका २६ वर्षीय राममति चौधरी रहेका छन् भने अन्य एक जनाको पहिचान खुलेको छैन । 

घाइते पाँचजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते पाँच जनाको थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

त्यसैगरी कैलालीमा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका ३ सहजपुरमा पल्टिँदा ३६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अहिले उद्धारको काम भैरहेको छ । प्रहरीका अनुसार घाइतेलाई सेती अञ्चल अस्पताल र पद्य अस्तालमा लगिँदैछ ।