हाम्रो संरचना आइतवार, अशोज १०, २०७८ 454 Views

२५ कार्तिक,बर्दिया/  ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको गस्ती टोलीले लागुऔषध खैरोहेरोइन (ब्राउनसुगर) सहित तिन युवालाई पक्राउ गरेको छ । 

मधुवन नगरपालिका वार्ड नम्वर ८ स्थित सडकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मधुवन नगरपालिका वार्ड नम्वर ८ निवासी २७ बर्षिय आकाश गुरुङ्ग, २२ बर्षिय सन्देश सुवेदी र १८ बर्षिय किरण वुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

गुरुङ्गको साथबाट कागजले वेरी सानो सानो पुरिया बनाएको ३५ पुरिया खैरोहेरोईन भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी जवान मानव कुमार रोकायाले जानकारी दिए ।

उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ