कञ्चनपुरमा भारतिय पक्षको हेपाह प्रबृती दोहरीयो : नेपालमै सडक निर्माणमा भारतिय पक्षले फेरी अवरोध पु–याउ

२८ कात्तिक, कञ्चनपुर/  नेपालको सुदुर पश्चिको हालको हन्तीम जिल्ला कञ्चनपुरको उत्तर पूर्बी भाग संय जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय सिमा सुरक्षा बलले फेरी अवरोध गरेको छ।
नेपाल–भारत सीमाको पिलर नक्बर ८०९ ९५ ‘ए’० नजिक नेपाल तर्फ निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइप राख्ने बिषयमा विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरीरहेको छ ।    
नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले जबरजस्ती उ क्त ठाउंआफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियार सहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद भएको छ।   भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन्।
सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि हाल निर्माण कर्य रोकिए को छ। बञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले समस्या सृर्जना भएको ठाउंमा सम्वन्धीत भारतीय पक्षसँग छलफल गरेर उक्त समस्या समाधान गर्ने गरि आफु लागी रहेको बताउनु भएको छ ।
सोही ठाउंमा कल्भर्टको विषयलाई लिएर गत वर्ष फागुनमा भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक नेपालीले ज्यान गुमाएका थिए।