३ कात्तिक, नेपालगञ्ज/ पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहाललाई हृदयघात भएर नर्भिक अस्पताल भर्ना गरिएको छ । आइतबार बिहान हृदयघात भएपछि दाहाललाई बिहान ५ बजे अस्पताल लगिएको पारिवारिक स्रोतले बताएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको अवस्था गम्भिर रहेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
हाम्रो संरचना । ३ मंसिर २०७४, आईतवार ०८:३४