हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 436 Views

 ४ मंसिर,दाङ/ सुनसरीको इटहरीमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा रहेका तीन जनाको मृत्यु भएको छ ।
इटहरीको हलगडा चोकमा को १ च ७००९ नम्बरको एम्बुलेन्सले को २३ प ४६७ नम्बरको स्कुटरलाई गएराती ११ बजे ठक्कर दिएको थियो । मृत्यु हुनेमा इटहरी २ बस्ने स्कुटर चालक डोकबहादुर कार्की, पाल्पा भैरवस्थानका निर्मल गौतम र सुनसरी भरौलकी ४६ वर्षीया सरीता काफ्ले रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीनै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको मसुरीयामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा रोकिरहेको बसमा गुडिरहेको ना ५ ख ९८० नम्बरको अर्काे बस ठोक्किएको थियो ।