बजाजको पल्सर बाइक किन्दै हुनुहन्छ होसियार ! चल्दा चल्दै आफै आगो लाग्ने गरेको प्रमाणित

फोटो : रुद्ध सुबेदी

५ मंसिर,नेपालगञ्ज/ पल्सर बाइक चढदै हुनुहुन्छ१ ख्याल गर्नुहोस उक्त बाइकको पछील्लो नयां मोडलको पल्सर बाइक बाटोमा अलि बढी गुडेर हल्का बढी तातो हुने बित्तीकै आगो लाग्ने गरेको छ ।

सोमबार त्यस्तै घटना प्रत्यक्ष फेला परेको छ । नेपालगञ्जको व्यस्त सडक धम्बोझी–पुष्पलाल चोक नजिकै होटल पाहुना घर अगाडि सुर्खेत रोडको सडकमा चल्दा चल्दै मोटरसाईकलमा एक्कासी आगो लागेर मोटरसाइकल खाक भएको छ भने बाइक सवार ब्यक्ती बाल बाल जोगिएका छन ।

भे ५ प ९५०३ नं. को पल्सर मोटरसाईकलमा एक्कासी आगलागी भएको थियो । बिस्तारै गतिमा रहेको उक्त मोटरसाईकल कारण मोटरसाईकल चालक भने बाल बाल जोगिएका छन् ।

चल्दा चल्दैको मोटरसाईकलमा एक्कासी आगलागी भएपछि व्यस्त सडकमा आवागमनमा रहेका मानिसहरुको भिड लागेको थियो । नजिकै रहेको भेरी आयल स्टोर्सको  राखिएको अग्नी नियन्त्रकको २ वटा सिलिण्डरको सहायतालेआगो नियन्त्रणमा लिएको थियो ।
सो घटनामा मानविय क्षति नभएपनि मोटरसाईकल भने जलेर पूर्ण नष्ट भएको छ । 

गुडिरहेको अवस्थामा पल्सर मोटरसाईकलमा आगो लाज्ने गरेको द्टघना सोमबार सबैले थाह पाउने गरि घटना द्टेघपटी पल्सरको नया मोडलको बाइकमा आफै आगो लाग्ने गरेको थप प्रमाणित भएको छ ।

सम्बन्धित शीर्षक