गीत गाउँदा गाउँदै पूर्व सांसद तथा गायक खुसीराम पाख्रिनको निधन

५ मंसिर,चितवन/ भरतपुरको चुनावी सभामै ढलेका पूर्व सांसद तथा गायक खुसीराम पाख्रिनको निधन भएको छ । चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । 

मंगलबार चितवनमा भरतपुरमा आयोजित वाम गठबन्धनको चुनावी सभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा गाउँदै उनी मञ्चमै ढलेका थिए ।

अचानक मञ्चमै ढलेपछि  उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए । पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।