५ कात्तिक, नेपालगञ्ज/ पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा सुविधा सम्पन्न होटल मंगलबारबाट सञ्चालनमा आएको छ ।
होटल सेन्टर प्लाजा प्रा.लि.ले कोहलपुर नगरपालिका- ४ मदनचोक नजिक होटल सेन्टर प्लाजा सञ्चालनमा ल्याउन लागेको हो ।कोहलपुर चौराह देखी करीब २ कि.मि. पश्चिममा निर्माण गरिएको छ ।
१६ रोपनी क्षेत्रफलमा फैलिएको यो होटल करबि ५० करोड रुपैयाँ लागतमा निर्माण गरिएको छ। गएको बैशाखमा सञ्चालन हुने लक्ष्य राखेकोमा र्मिाण समयमा सम्पन्न हुन नसकेपछी मंगलबारबाट औपचारीक रुपमा सञ्चालनमा आएको छ । होटलमा ७७ वटा रुम क्षमता रहेको छ ।
होटल निर्माणबाट स्थल तथा हवाई मार्ग हुँदै मध्य तथा सुदूरपश्चिमम जाने आन्तरिक र बाह्य पर्यटकलाई सुविधा पुग्ने सञ्चालक देवानन्द अर्यालले जानकारी दिनुभएको छ । भुकम्प पश्चात होटलको संरचना केही परिवर्तन गरिएकोले निर्माणमा ढिलाई भएको बताउनु भएको छ ।
‘होटल पुर्णरुपमा पारिवारिक माहोल सहित सुविधा सम्पन्न कोठा,स्वीमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल रहेका छन् ।
तीनवटा सेमिनार हलहरुमा क्रमश ३० जना, १ सय जना र १ हजार जनाको क्षमता रहेको सञ्चालक अर्यालले बताए । होटलमा स्पा, जिम, सपिङ कम्प्लेक्स, बेकरी लगायत रहने निर्माण गरिएको छ ।
ए बि र सी गरी तीनवटा ब्लगमा भवनहरु निर्माण भएका छन् । बि र सी भवनहरुमा २३ र २३ वटा रुमहरु रहेका छन् । सेन्टर प्लाजा होटलमा ५ वटा प्रेसिडेन्सियल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम रहेका छन् ।
३२ सय स्क्वायर फिटको स्वीमिङ पुलमा आउटलेट सहितको बार रहने सञ्चालक अर्यालले जानकारी दिनुभएको छ । स्वीमिङ पुलमा २० फिट माथिबाट वाटर फल गराएर होटलमा आउने पाहुनाहरुलाई प्राकृतिक खोलाको जस्तै अनुभुती दिलाउने योजना रहेको सञ्चालकले बताएका छन ।
रुम देखि सम्पूर्ण सेवा-सुविधाहरु चारतारे होटलको मापदण्ड अनुसार गरिएको अर्यालको दाबी छ । कोहलपुर मध्य तथा सूदुरपश्चिम क्षेत्रका १९ जिल्लाको प्रवेश द्धारका रुपमा रहेको छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै स्थानिय होटल व्यवसायी अर्यालले चारतारे सेन्टर प्लाजा निर्माण गरेको बताउनु भएको छ ।अर्यालले कोहलपुरमै विगत पाँच वर्षदेखि सेन्ट्रल प्लाजा होटल चलाउँदै आएका छन्
पाँच तले विल्डिङमा २३ रुम भएको उक्त होटल पनि कोहलपुरको स्तरीय होटलमा पर्छ । रोजगारीका लागि दक्षिण कोरिया पुगेका अर्याल सन् २००८ मा कोहलपुर फर्किएर होटल व्यवसाय सुरु गरेका हुन् ।
वर्षमा ९ महिना गर्मी हुने कोहलपुरमा ३० प्रतिशत ग्राहक स्वीमिङ पुलको माध्यमबाट तान्ने लक्ष्य रहेको सञ्चालक अर्यालको भनाई छ ।
होटलको गार्डेनमा कटेज रेष्टुरेन्ट निर्माण गरिने छ भने भित्र थप दुईवटा रेष्टुरेन्ट हुनेछन् । ठूला सुपरमार्केटमा जस्तै होटलमा पार्किङ, स्वीमिङ पुल, गार्डेन, पार्टी तथा सेमिनार हलबाट पायक पर्ने ठाउँमा स्टि्रट फुड लवी सञ्चालन गरिने बताइएको छ ।
स्टि्रट लवीमा मम, पानी पुरी, चाट लगायतका खानेकुरा उपलब्ध गराइनेछ । सेवा शुल्क र भ्याट नलगाउने फुड लवीमा भित्रभन्दा धेरै सस्तो हुने अर्यालले जानकारी दिए । यो पनि मिनिमम स्टान्डर्डमा सञ्चालन हुनेछ ।
होटल परिसरमा मिनी सुपर मार्केट सञ्चालन गरिने हुँदा ग्राहकलाई सपिङका लागि बाहिर जानैपर्ने बाध्यता हुनेछैन् । साथै, पार्लर, स्पा, साउना, ज्याकुजी, जीम हल, टेनिस कोर्ट लगायतका सुविधाहरु पनि होटलभित्रै उपलब्ध गराइने छ ।सेन्टर प्लाजा होलिडेज ट्राभल एजेन्सीमार्फत मार्केटिङ गरेर पर्यटक भित्राउने योजनामा रहेको प्रबन्ध निर्देशक अर्यालले जानकारी दिए ।
हाम्रो संरचना । ५ मंसिर २०७४, मंगलवार १९:१९