शान्ती,सदभाव र एकताको नारामा नेपालगञ्ज म्याराथनको उपाधी जुम्लाका दुर्गा बहादुर बुढा लाई

५ कात्तिक,नेपालगञ्ज/ बिस्तृत शान्ति सम्झौताको दिन नेपालगञ्जमा आयोजना  हुने  म्याराथन’को तेस्रोे संस्करण उपाधी जुम्लाका दुर्गा बहादुर बुढाले जितेका छन । उनले उक्त दौड २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै म्याराथन’को तेस्रोे संस्करण उपाधी जितेका छन ।

विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्ड पछि पार्दै दुर्गाले सो उपाधि हात पारेका हुन । विजेता बुढा बाहेक शीर्ष ८ मा सबै स्थान विभागिय टोलीका खेलाडीले कब्जा गरेका छन् । 
यसैगरी महिला हाफ म्याराथनको शीर्ष तीनमै विभागका टोलीको वर्चश्व रहेको छ । त्रिभुवन आर्मीकी रेसु बस्नेतले हाफ म्याराथन जितिन् । रेसुले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।

आर्मीकै चन्द्रा रावतले १ घन्टा २८ मिनेट ०६ सेकेन्ड दोस्रो र नेपाल एपिएफ क्लबकी कृष्णश्वरी सिन्तकला १ घन्टा ३० मिनेट ०७ सेकेन्ड तेस्रो स्थान हासिल गरिन् । 
म्याराथनमा आर्मीका खडकबहादुर खड्का २ घन्टा २७ मिनेट २० सेकेन्ड दोस्रो , एपिएफका गणेशसिंह ठकुरी २ घन्टा २८ मिनेट ३५ सेकेन्ड तेस्रो भए ।

विजेता दुर्गाले ५५ हजार रुपैयाँ, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार, चौथो स्थान हासिल गर्नेले १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ प्राप्त गरे ।

हाफ म्याराथनमा विजेता रेसुले ३० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार पाएका छन् । हाफ म्याराथनमा शीर्ष छ जना नगदबाट पुरस्कृत हुनेछन् । त्यसमा चौथो स्थान हात पार्नेले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार पाउनेछन् । 

५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राम माया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए । रामायाले १९ मिनेट ४२ सेकेन्डमा तथा नरेशले १६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेका थिए । छात्रा तर्फर्फ जुम्लाका विवेक कठायत (१७ मिनेट १५ सेकेन्ड) दोस्रो, बाँकेका अरविन्द क्षत्री १८ मिनेट तेस्रो भएका थिए ।

छात्रामा जुम्लाकी अमृता भण्डारी (२० मिनेट ३३ सेकेन्ड) र सल्यानकी चन्द्रकुमारी घर्ती २१ मिनेट ५०)तेस्रो स्थान हासिल गरेकी थिइन् ।

ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भएका छन् । उनीहरुले ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको थियो । सोही अवसरमा आयोजित नृत्यमा नेपालगञ्ज मोडल एकेडेमीका गरिमा चौधरी प्रथम, जयबागेश्वरी दीपेश थापा दोस्रो र ग्रिनपिस स्कुलका प्रिन्सा खड्का तेस्रो भइन् । विजेताले १०, दोस्राले ७ र तेस्रो हुने ५ हजार रुपैयाँ प्राप्त गरेको आयोजक  क्रियटिभ्स ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभएको छ । सबै इभेन्ट्समा गरि ६ सय ५६ भन्दा बढीको सहभागिता रहेको थियो । 

क्रियटिभ्स ह्यान्ड्सको आयोजना तथा  मध्यपश्चिम खेलकुद बिकास समितिको समन्वयमा भएको नेपालगञ्ज म्याराथनको उद्घघाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट र नेपालगञ्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणाले संयुक्त रुपमा गर्नुभएको थियो  ।