भन्सार छली लुकाइ राखेको ७ लाख रुपैया बराबरको कपडा बांके प्रहरी दवारा पक्राउ

७ कात्तिक, नेपालगञ्ज /  नेपालगञ्जको धम्बोजी बाट नेपाल प्रहरी ७ लाख रुपैया बराबरको भन्सार छली लुकाइ राखेको कांचो कपडा पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट तस्करीको माध्यमबाट नेपालको बिभिन्न भाग हुदै नेपालगञ्ज उप-महानगरपालीका वडा नम्बर १ को धम्बोजीमा स्थानिय गोमती गोडीया,सवरा कांदु,मिना कांदु, नकछेद गोडीयाको घरको कोठामा तस्करीको कपडा लुकाई छिपाई गोदामको रुपमा घाटगद्धि गरी राखिएको कांचो कपडा बिशेष सुराकीको आधारमा पक्राउ गरी कार्बाही प्रक्रिया अगाढी बढाएको छ । 

जिल्ला प्रहरी कार्यालय बांकेको कानुनी सहायता शाखाका अनुसार प्रहरीको उक्त टोलीले पक्राउ गरी प्ररारम्भीक अनुसन्धानको क्रममा उक्त कपडा करबि ७ लाख रुपैया बराबरको रहेको प्रहरीले बताएको छ ।

पक्राउ गरिएको गैर कानुनी कपडा जिल्ला प्रहरी कार्यालयले कोहलपुर स्थित मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रिय राजश्व अनुसन्धान कार्यालयमा आवश्यक थप कानुनी कार्वाहीका लागी बुझाएको जनाएको छ ।

कोहलपुरमा बुझाउने गरेको तस्करीको समान स्थानिय सञ्चार माध्यममा सुचना जारी गरी लिलाम बढाबढमा बिक्री गरी आयको आम्दानी राजश्वमा दाखिला गर्नुपर्नेमा केही कानुनी प्रक्रिया पु–याएको जस्तो गरी मिलेमतोमा समान लिलाम गर्ने गरेको स्रोतले बताएको छ । 

स्मरणिय छ कोहलपुर स्थित राजश्व अनुसन्धानका २ जना कर्मचारी ५ लाख घुस खांदा खादै कोहलपुर स्थित अख्तियारको सम्पर्क कार्यालयका अधिकारीहरुले रंगेहात पक्राउ गरी कार्बाही प्रक्रिया अगाढी बढाएको र निजहरु हाल बिशेष अदालतमा मुद्धा दायर भएकाले निलम्बनमा परेका छन ।

जिल्ला प्रहरी कार्यालय बांकेमा बिगतको तुलना भन्दा कम्तीमा ३० देखी ४० प्रतिशत तस्करी नियन्त्रण गर्नै पर्ने र राजश्व बृद्धिमा टेवा पुयाउने जिम्मेवारी बोकेर जिल्ला प्रहरी कार्यालय बांकेमा सरुवा भएर आएका प्रहरी प्रमुख टेक बहादुर तांमागले उक्त जिम्मेवारीको लक्ष्य हासिल गर्न मातहतका निकायलाई इमान्दार भएर मातहतका सबैलाई यस अघि नै निर्देशन दिइसक्नु भएको छ ।