झुटको खेती बन्द गरी,बिकासको नमुना जनता समक्ष पेश गरेर भोट माग्न कांग्रेसलाई बामदेबको आग्रह

११ मंसिर, गुलरिया/  बर्दिया नेकपा एमाले उपाध्यक्ष तथा बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बामदेब गौतमले नेपालमा बामपन्थीहरुले जितेमा भारतले नाकाबन्दी गरिदिन्छ भनेर झुटको खेती गरेर मतदाता समक्ष नजान बिपक्षी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । 

भारतले लामो समयसम्म नाकाबन्दी गरिरहेको समयमा एक शब्द पनि नबोलेको नेपाली कांग्रेसले छिमेकी भारतको गलत प्रचार गरेर निर्वाचनमा भोट माग्ने काम हारको मानसिक्ता नहोह–याउन सम्वन्धीत पक्षलाई आग्रह गदै जनताले भाषण छलछाम भन्दा पनि आफुले गरेको बिकासको नमुना देखाएर भोट माग्नुपर्ने बताउनु भयो । 

एमालेले सरकारमा जादा बर्दियाको बबई नहर २९ करोडको लागत र जनताको साथमा लिएर सुरुवात गरेको बिकासको नमुना देखी समाजिक सुरक्षा अन्र्तगतका बृद्ध,असहाय, एकललाई भत्ता देखी आफनो गांउं आफै बनाउ भनेर गाबिसमा पहिलो पटक बजेटको ब्यवस्थ गर्ने जस्ता थुप्रै बिशेष कार्यक्रम गरेर छोटो अवधी सरकारमा बसेर बिकासको नमुना जनता समक्ष पेश गरिसकेको एमालेले सबै लोकतान्त्रीक र बामपन्थीहरुलार्इ एक पटक राष्ट्रको निम्ती २ तिहाइ ल्याएर स्थायी सरकार बनाएमा ५ बर्षमै बिकास कस्तो र के हो जनतालाई देखाएर छर्लगं पारीदिने बताउनु भयो ।
मध्य पहाडी राजमार्ग र तराईमा हुलाकी राजमार्ग निर्माण गर्न एमालेले बिशेष चासो राखेर कार्यक्रम बनाएको स्मरण गदै तराईका शोषित पिडित जनताको लागी बामगठबन्धनले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गरी बेरोजगार य’वालाई रोजगारमुलक कार्यक्रम ल्याउने जसले जनताको जिवनस्तर उकास्दै उन्नती प्रगतीका साथ नेपाल सवर सक्षम र समृदिको बाटोमा अगाढी बढने बिचार गदै कांग्रेसले कुनै एक ठाउंमा आफुले गरेको बिकासको नमुना पेश गरोस अनिमात्र जनताले पत्याउछन । सधै झुटको खेती गरेर नेपाली कांग्रेसलाई जनताले नपताउने बताउनु भयो ।
गौतमले बर्दियाको सदरमुकाम गुलरियामा आयोजना गरिएको आमसभामा नेपालको बिकासको लागी बाम गठबन्धनले आफना घोषणपत्र मार्फत इस्पष्ट खाका सहित जनता बीच आएको र कुनै छलछाम बिना राष्टको उन्नती, प्रगती र समृद्धिका लागी लागी रहने प्रण गदै बाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराएर स्थाय िसरकार बनाउ जनतालाई अपिल गर्नुभएको छ । गुलरियामा आयोजना गरिएको उक्त आमसभाममा हजारौ जनता तथा एमाले कायृकर्ताको उपस्थित रहेको थियो ।