१२ मंसिर,नेपालगञ्ज/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उप-सचिव द्य विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारी सहित चारजना विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार उप-सचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले कार्यालयका उप-सचिव होमनाथ अधिकारीविरुद्ध रु १४ लाख पाँच हजार र विष्णुप्रसाद पौडेलविरुद्ध रु आठ करोड ८२ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार उनीहरुले आर्थिक वर्ष २०६९/७० र आव २०७०/७१ मा भएको कारोबार अध्ययन गर्दा रु आठ करोड ८२ लाख कम राजश्व दाखिला गरेको आयोगले जनाएको छ । यसअघि पनि आयोगले सोही कार्यालयका आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । – रासस
हाम्रो संरचना । १२ मंसिर २०७४, मंगलवार २०:१७