काठमाडौंबाटअर्घाखाँचीका लागि छुटेको बस त्रिशुलीमा खस्यो: ६ जनाको मृत्यु,१५ जनाको जिबितै उद्धार

१३ मंसिर, नेपालगञ्ज / चितवनको फिस्लिङमा यात्रु बाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १५ जनाको उद्दार गरिएको छ । 

काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको नमस्ते अर्घाखाँचीको उक्त बस बिहान साढे ९ बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुएको छ ।

गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार हाल सम्म १५ जनाको जिबितै उद्धार गरिएको छ। प्रत्यक्षदर्शीले  फोनमा दिएको जानकारी अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ।