हाम्रो संरचना बुधबार, अशोज १४, २०७७ 452 Views

१३ मंसिर, नेपालगञ्ज/ मंगलबार दिउसो दांगमा बम बिस्फोटबाट घाइते भएका म्यादी प्रहरी तुलसीपुर–१२ उरहरीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको छ ।

तुलसीपुरमा मंगलबार अपरान्ह प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम विष्फोट हुँदा चौधरी घाइते भएका थिए । उनको नेपालगञ्जमा उपचारका क्रममा राति मृत्यु भएको छ ।

बिस्फोटबाट नौ जना घाइते भएका थिए । घाईते मध्ये चार जनाको अबस्था गम्भीर थियो । अन्य गम्भिर घाइतेहरु बबई गाउँपालिका–६ पञ्चकुलेका ३६ वर्षीय नेप बहादुर खत्री,तुलसीपुर–७ डाँडापातुकी २२ बर्षीया जेनी डिसी र बागचौर नगरपालिका–२ थारमारे सल्यानकी ४० बर्षीया देवी डीसीको पनि नेपालगञ्जमै उपचार भैरहेको छ ।

तुलसीपुर( १२ उरहरीकै सर्वसाधारण १९ बर्षीय विनोद चौधरी, तुलसीपुर–१७ मानपुरका ४० बर्षीय बोमराज सुनार, शान्तिनगर गाउँपालिका–२ अमुवाका ५० बर्षीय हिमलाल राम्जाली, बबई–६ बुड्कवाकी १८ बर्षीया सुनिता चौधरी र सल्यान ढोरचौर गाउँपालिका–२ चाख्लीघाटकी ४५ बर्षीया नरभूमी बुढाथोकीको तुलसीपुरमै उपचार भइरहेको छ ।