नेपालगञ्ज नाकाबाट बिष्फोटक पदार्थ भित्रिएको सुचनाका कारण सिमानामा कडा निगरानी

१६ मंसिर,नेपालगञ्ज/  देशका बिचिन्न भागमा गराइएको बिष्फोटका घटनानामा पक्राउ परेका ब्यक्तीले बिष्फोटक पदार्थ नेपाल–भारतको सिमावर्ती क्षेत्र रुपैडिहा हुदै नेपाल प्रबेश गरेको सुचना प्राप्त गरेपछी नेपालगञ्ज भन्सार नाकामा थप चेक जांचमा कडार्इ गरिएको छ ।  

नेपालगञ्ज नाकाबाट विस्फोटक पदार्थ भित्रिएको जानकारी आएपछी नाकामा खटिएका सुरक्षाकर्मीले चेकजाँचमा कडाई गरेका छन्।
नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई एक–एक सामान खोतलेर हेर्न निर्देशन पनि दिइएको छ ।
सुरक्षाकर्मीले झोला, बोरा र बस, जिप, कार तथा मोटरसाइकलको डिक्की खोलेर चेकजाँच गर्न थालेको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक सुधीर खड्काले जानकारी गराउनुभएको छ ।

खड्काले भारतबाट आउने सबैको झोला र सामान ओल्टाई पल्टाई पारेर हेर्न गरिएको छ । ‘प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी देशका विभिन्न स्थानमा बम विस्फोट हुन थालेपछि नाकामा कडाइका साथ चेकजाँच गर्न केन्द्रबाट निर्देशन आएको स्रोतको दाबी रहेको छ ।

स्रोतले नेपालगञ्ज नाकाबाट विस्फोटक पदार्थ भित्रिएको भन्ने सुचना पाइएकालेशुक्रबार धादिङमा फेला परेको विस्फोटक पदार्थ नेपालगञ्ज नाकाबाट भित्रिएको स्रातेतले बताएको छ ।
सबै किसिमका बस, कार, जिप र मोटरसाइकमा सवारको सामान र डिक्की चेक गर्न सकिए पनि ट्रकमा लोड गरिएको सामान चेक गर्न नसकिने बताएको छ ।

भारतबाट आउनेमाथि कडा निगरानी राख्न निर्देशन दिएको सशस्त्र प्रहरी बल, राजश्व तथा भन्सार सुरक्षा गण जमुनहाका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी सन्तोषविक्रम शाहले बताउनु भयो ।
शाहले भारतबाट आउने हरेक ब्यक्तिको सामान जाँच गरेरमात्र प्रवेश गर्न दिएको छ। अघिल्ला दिनभन्दा निगरानी दोब्बर पारिएको छ।

सीमामा सीमा नाका जमुनहामा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै चेकजाँच गर्न तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ।
कोहलपुरस्थित क्षेत्रीय डग हाउसबाट तालिम प्राप्त कुकुर ल्याएर विस्फोटक पदार्थको चेकजाँच गरिरहेको प्रहरी नायव निरीक्षक खड्काले जानकारी दिनुभएको छ ।।

कुकुरले यात्रुको झोला, पोका, गुन्टा, बस, कारको डिक्की र रिक्सा, बस, तथा कारमा सवार यात्रुको समेत जाँच गर्दै आएको छ । प्रहर िस्रोतले भने ‘भएभरको दिमाग विस्फोटक पदार्थ भित्रिन नदिनेमा लगाएका छौँ,। अहिले हाम्रो पहिलो प्राथमिकता विस्फोटक पदार्थ रोक्नेमा छ।

सीमामा नेपाल–भारतका सुरक्षाकर्मीको गस्ती खुल्ला सीमानाका कारण अन्य ठाउँबाट समेत विस्फोटक पदार्थ र हतियार भित्रिन सक्ने भएकोले प्रहरीको आग्रहमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती गर्दै आएका छन्।
यसअघि नेपाल–भारतका सुरक्षाकर्मीले सीमामा महिनामा एक दिन संयुक्त गस्ती गर्दै आएका थिए। निर्वाचनको मिति नजिकिए पछि हप्तामा दुई–तीन दिन संयुक्त गस्ती गर्न थालिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताउनु भयो।
‘नेपाल–भारतका संयुक्त सुरक्षाकर्मीको मुख्य उद्देश्य सीमामा हुने अपराधिक गतिविधि र विस्फोटक पदार्थ भित्रिन नदिने हो ।
ठाउँ–ठाउँमा प्रहरीको चेकजाँच उनले निर्वाचनको मिति नजिकिएपछि सीमामा म्यादी प्रहरी र नेपाल प्रहरीको टोलीले गस्ती गरिरहेको छन ।
सीमाना, सुरक्षाका दृष्टिले सम्वेदनशील मानिएका स्थानमा सुरक्षाकर्मी परिचालन भएका छन्, सुरक्षाकर्मीले आवश्यकता अनुसार मोटरसाइकल, जिप र पैदल यात्रीको चेकजाँच गरिरहेका र सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले छुट्टाछुट्टै र संयुक्त गस्ती समेत गर्दै आएको र सुरक्षा संवेदनशीलतालाई हेरेर बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना सहितको टोली परिचालन गरिएको बांकेका प्रहरी प्रमुख टेक बहादुर तामाङले बताउनुभएको छ ।
‘घटना घटेको वा घट्ने सम्भावना भएको ठाउँमा जानकारी पाएको १० मिनेटमै सुरक्षाकर्मी पुग्ने गरि बांकेको सुरक्षा व्यवस्था गरिएको र त्यसका लागी जनताको सहयोग पनि अपरिहार्य रहेको बताउनु भएको छ ।