बुटवल र बैतडीमा बिभिन्न घटनामा परि २ जनाको मुत्यू ३ घाईते

१६ मंसिर, बैतडी/  माटोको ढिस्कोमा पुरिएर बैतडीमा एक महिलाको मृत्यु भएको छ। बैतडीको सुर्नया गाउँपालिका २ चिल्लेपानीकी २४ वर्षीया छाया पाण्डेयको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक टेकबहादुर बोहराले जानकारी दिनुभएको छ। 

पाटन बजार नजिकै रहेको एयरपोर्टमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर छाया गम्भीर घाइते भएकी छायाको शनिबार बिहान कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक बोहराले बताए। मृतक महिलाको १ वर्षीया छोरी र श्रीमान रहेका छन्।

त्यसैगरी बुटवलमा घरको पर्खाल भत्किदा च्यापिएका एक जनाको मृत्यु भएको छभने ३ जनाको उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका ११ मितेरी पथमा घरको पर्खाल भत्किदा पुरिएका भारत बिहार घर भएका ४५ वर्षका भिखारी महतोको मृत्यु भएको हो।

उद्धार गरिएका तीन जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ। घाइते तीन जना नै नेपाली नागरिक भएको प्रहरीले बताएको छ। पर्खाल लगाइरहँदा एक्कासी पर्खाल भत्किएको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरुको उद्धारका लागि डोजर पनि प्रयोग गरिएको थियो।