अवैध सुन सहित काठमाडौंको बालाजुबाट एक व्यक्ति पक्राउ

१७ मंसिर,काठमाडौं / नेपाल- चाइनाको रसुवा, केरुङ नाकाबाट भित्राइएको अवैध सुन सहित काठमाडौंको बालाजुबाट एक व्यक्तिलाई बालाजु प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

मोटरसाइकलको साइलेन्सर भित्र लुकाएर सुन ल्याउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जाँच गर्दा उनलाई शनिबार साँझ सुन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।