१७ मंसिर, चितवन / चितवनको भरतपुर महा-नगरपालिकाको ५ नम्बर वडा कार्यालयमा आइतबार बिहान करीब २ बजे ग्रिनेट बम विस्फोट भएको छ ।
विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार मंसिर २१ गते हुन लागेको चुनावको मतदानको केन्द्र यही वडा कार्यालयमा राखिएको छ ।
यसैगरी वडाध्यक्ष पदमपाणि सुवेदीको घर अगाडि फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । वडा अध्यक्ष पदमपाणि सुवेदीले वडा कार्यालय,रेडक्रस कार्यालय र वरपरका सर्वसाधारणको घरका झ्यालका शिसा फुटेको जानकारी दिए ।
हाम्रो संरचना । १७ मंसिर २०७४, आईतवार १०:५६